भाद्र ७ हलेसी : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा जलाधारमा आधारीत जलवायु उत्थानशील जीविकोपार्जन आयोजना
(डि.सी.आर.एल) ले संचालन गरेको कामहरु प्रभावकारी बन्दै गएको छ । विहिबार हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. ५ दुर्छिम, वडा नं. ७ महादेवस्थान र वडा नं. ९ सल्लेमा अनुगमन गर्दा यस्तो पाइएको हो ।
भु–तथा जलाधार व्यवस्थापन कार्यालय ओखलढुङ्गा, कृषि ज्ञान केन्द्र खोटाङ, प्रधानमन्त्रि कृषि आधुनिकीकरन परीयोजना खोटाङ, पत्रकार तथा (डि.सी.आर.एल) को टोलीले सम्पादीत कामको अनुगमन गर्दा प्रभावकारी पाइएको हो । जलवायु परिवर्तनजन्य बहुप्रकोप (सुक्खा बाढी पहिरो) बाट जोखिममा रहेका समुदायहरुको जीवनलाई सहज बनाउने उदेश्यले काम गर्दै आएको (डि.सी.आर.एल) ले पानीको मुहान संरक्षण, समुच्च रेखा खाडल निर्माण, टनेल निर्माण र वृक्षारोपन गरेको पाइएको हो ।
सर्वसाधारणहरुको भौतिक र आर्थिक सम्पतिको सुरक्षा गर्दै जीविकोपार्जनमा टेवा पुर्याउने उदेश्यले संचालन गरीएको कार्यक्रममा गैर काष्ट पैदावार अन्तर्गत बिभिन्न जडिबुटी जन्य बोटबिरुवाहरु सामुदायीक वनक्षेत्रभित्र रोपीएको छ । पानीको मुहानहरु नष्ट हुँदै गएकोले मुहानहरुलाई तारबार सहित संरक्षण गरीएको छ । बर्षातको पानि मार्फत सुक्खा जग्गाहरुलाई सिंचित गर्न पोखरी र समुच्च रेखा खाडल (कन्टुर टेन्च) निर्माण गरीएको छ ।
त्यस्तै गरी संरक्षण खेती अन्तर्गत तरकारी खेतीका लागि टनेल वितरण, विभिन्न प्रजातिका फलफुल तथा घासका विरुवाहरु रोपीएको छ । फलफुलका विरुवाहरुमा कागती र सुन्तला रोपिएको छ भने घासजन्य विरुवाहरुमा अम्रिसो, नेपीएर, ज्ञानी, भेटीभर, बास लगाएतका विरुवाहरु रोपीएको (डि.सी.आर.एल) का जे.सी. अफिसर रीना चौधरीले बताइन् । अफिसर चौधरीका अनुसार रोपीएका बिरुवाहरु सम्बन्धित कृषि समुह, सामुदायीक वन तथा उपभोक्ता समितिहरुले नै संरक्षण गर्नेेछ ।
बारीमै कुहीदै आएको टमाटर (डि.सी.आर.एल) ले टनेल दिएसँगै कुहीन छाडेको सल्लेका कृषक हिरा श्रेष्ठले बताइन् । बर्षा याममा टमाटर, खुर्सानी बारीमै कुहीने गरेको थियो तर आजकल टनेलमा खेतीगर्न थालेपछी कुहीन छाडेको उनको भनाई छ । जलाधारमा आधारीत जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको सहयोगमा खानेपानीको मुहान संरक्षण गर्न पाएकोमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले खुशी व्यक्त गरेका छन् । हलेसी बासीले मात्र नभएर हलेसी आइपुग्ने सम्पूर्ण तिर्थयात्रीहरुलाई पनि मुहान संरक्षण र सरसफाई भएसँगै सफा पानि खुवाउन सकिएकोमा उहाले खुशी व्यक्त गरेका हुन् ।
खोटाङ र ओखलढुङ्गा जिल्लाको सिमाक्षेत्रमा पर्ने तल्लो दुधकोशी जलाधारक्षेत्रको ८ वटा पालिकाका ५१ वटा वडामा (डि.सी.आर.एल) ले काम गरीरहेको छ ।
Source:
Comments (0)
No comments found.