ओखलढुंगा (रेडियो ओखलढुंगा) । भु तथा जलाधार कार्यालय ओखलढुङ्गाले, जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना डिसीआरएलसँगको समन्वयमा सञ्चालित योजनाहरुको अनुगमन गरेको छ । मानेभञ्ज्याङ १ मोली, सिद्धिचरण–१ तलुवा र चिसंखुगढी ६ भदौरेमा संचालनमा रहेका आयोजनाको अनुगमन गरेको हो । जिल्ला समन्वय समिति उपप्रमुख तारादेवी कार्की, सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत, जिल्ला प्रशासन, पत्रकार महासंघ तथा नागरिक समाज लगायतको टोलीले अनुगमन गरेको सहायक भूसंरक्षण अधिकृत अजय सुवेदीले जानकारी दिनुभयो । यस क्षेत्रमा निर्माण भएको खाल्डे पोखरी, रिचर्ज ट्यांगी, समुच्चा खाडल, खानेपानी ट्यांकीको अवलोकन गरेको कार्यालयका उत्तम कार्कीले जानकारी दिनुभयो ।
जलवायु परिवर्तनजन्य सुक्खा, बाढी, पहिरो लगायतका बहुप्रकोपको जोखिममा रहेका समुदायको जीवन तथा भौतिक र आर्थिक सम्पत्तीको सुरक्षा गर्दै उनीहरुको जीविकोपार्जनमा टेवा पु¥याउने लक्ष्यका साथ नेपाल सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र विश्व वातावरण कोषको संयुक्त सहकार्यमा संचालित जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना अन्र्तगत ओखलढुङ्गामा संचालित परियोजनाको प्रगति तथा उपलब्धिबारे आज अनुगमन गरिएको सहकर्मी रिता घिसिङले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा हालसम्मको काम सन्तोशजनक पाइएको बताइएको छ । वन तथा भू–संरक्षण विभाग, वन तथा वातावरण मन्त्रालयले कार्यान्वयनको जिम्मा पाएको कार्यक्रमबाट तल्लो दुधकोसी जलाधार क्षेत्रका १ लाख २१ हजार ६ सय ३ संकटापन्न स्थानीय लाभान्वित हुने आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ । १ मे २०२४ सम्म सञ्चालन हुने कार्यक्रमको विभिन्न चरणका क्रियाकलाप १ डिसेम्बर २०२० देखि सुरु गरिएको थियो। जलाधार क्षेत्रको कार्यगत प्रणाली कायम राख्न एकिकृत जलाधार व्यवस्थापन, जलवायु अनुकुलन, पानीका श्रोतको बहुआयामिक व्यवस्थापन, भू–स्खलन न्यूनिकरण साथै हरित आयआर्जनजस्ता क्रियाकलापहरु सञ्चालन गर्दै जोखिमयुक्त समुदायको अपनत्व विकास, अनुकूलन क्षमता र उत्थानशिल जिविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्यका साथ एकिकृत जलाधार व्यवस्थापनको अवधारणा अघि बढाइएको जनाइएको छ। ओखलढुंगा र खोटाङको सीमा क्षेत्रमा पर्ने तल्लो दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना संचालनमा छ। दुधकोसीले छोएको ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिका तथा खोटाङको ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई समेटेर जलाधारमा आधारिक जलवायु उत्थाननशिल जीविकोपार्जन आयोजना संचालनमा छ ।
Source:
Comments (0)
No comments found.