News Coverage of Ghopatar Solar Water Lifting Scheme Inauguration सुक्खा क्षेत्रको पहिचान गरी समाधानमा जोड दिने छौँ : मन्त्री शाही

0 Comments

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले देशभरका सुक्खा क्षेत्रको पहिचान गरी समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् । उनले सुक्खा क्षेत्रका कारण र सहज पानीको पहुँच नपुग्दा नागरिकले समस्या खेप्नुपरेको जनगुनासोको आधारमा देशभरका सुक्खा क्षेत्रको पहिचान गरी समस्यामा जोड दिने बताए ।

बुधबार खोटाङको हलेसी चुवातुङ नगरपालिका–४ घोपाटरमा नेपाल सरकार वन तथा भू–संरक्षण विभाग र युएनडिपीद्वारा जिइएफको सहयोगमा निर्माण सम्पन्न भएको जलधारमा आधारित जलवायु उत्थान जीविकोपार्जन आयोजना कार्यक्रम द्वारा निर्माण सम्पन्न भएको घोपाटार लिफ्टिङ सिँचाइ आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै उनले सुक्खा क्षेत्र पहिचानका साथ सहज पानीको उपलब्धताका लागि लिफ्टिङ सिँचाइ निर्माणमा जोडदिने बताए ।

यो क्षेत्र पहिलादेखि सुक्खा क्षेत्र भएकोले ३ वर्षअघि घोपाटार लिफ्टिङ सिँचाइ आयोजनाको निर्माणसँगै अहिले घोपाटार हरियाली छ । एउटा नमुनायोग्य घोपाटार लिफ्टिङ सिँचाइ आयोजना निर्माण भएको छ । यस्तै नमुनायोग्य लिफ्टिङ सिँचाइ आयोजना देशका अन्य सुक्खा क्षेत्रमा पनि निर्माणमा जोड दिइने छ । यस आयोजनाले कृषि उत्पादनमा सहयोग गर्ने र सुक्खा रहेको घोपाटार अब हरियाली हुने छ । यस्तै सुक्खा क्षेत्रमा नेपाल सरकार वन तथा भू–संरक्षण विभागले विभिन्न कार्यक्रम गर्दै आएको भए पनि अझै यस हलेसी चुवातुङ नगरपालिका—४ घोपाटरमा रहेको माझी बस्तीका लागि वनसँगसम्बन्धी कार्यक्रम सञ्चालन गरी हरियाली क्षेत्र बनाउन के कस्ता कार्यक्रम गर्न सकिन्छ त्यसतर्फ पनि लागि पर्ने मन्त्री शाहीले बताए ।

For more information:

Comments (0)

No comments found.

Leave a Reply