सामुदायिक वनमा वृक्षारोपण प्रभावकारी

0 Comments

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारस्थित आँगने खोप सामुदायी वन क्षेत्रभित्र यतिखेर तेजपत्ता, अमला, टिमुर, अम्बक, केरा लगायतका विरुवा हराभरा भएका देखिन्छन् । डिभिजन वन कार्यालय ओखलढुंगा र जलाधार आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिएलआर) को लगानीमा समूहका उपभोक्ताहरु जुटेर वृक्षरोपण गरेको सामुुदायिक वनका अध्यक्ष सुनिल गुरुङले जानकारी दिए ।

No description available.

मानेभन्ज्याङ गाउँपालिका वडा नं. ४ र ६ स्थित मादेवस्थान, थुम्किदुम्कि, जोडीगैह्रा, पाडरीपाखा, देउराली लगायतका सुख्खा ग्रस्त क्षेत्रमा पनि तेजपात, अमला, टिमुर, लप्सी, हरो, वरो, वेल, मोरीङ्गा लगायतका विरुवाहरु रोपिएको छ । डिसिआर फिल्ड संयोजक दिनेश शाहका अनुसार कार्यालय स्थापना भएको कम समयमा नै वृक्षारोपण, मुहान संरक्षण, समुच्च रेखा खाडल, पोखरी आहालहरु निर्माण कार्य गरेको बताए ।

No description available.

विशेष गरि असार साउन रोपिने विरुवा प्राविधिक कारणले भाद्र महिनामा रोपिएको भएपनि ९९ प्रतिशत विरुवा सरेको डिभिजन वन कार्यालयका प्रमुख नाथुनी गोहीवर यादवले बताए । विरुवा खरीद, ढुवानीसहित उपभोक्ताहरुले ३ हेक्टरको १ लाख ६८ का दरले बजेट प्राप्त गर्ने यादवको भनाइ छ ।

No description available.

गैरकाष्ठ तथा जडीबुटी प्रजातीका विरुवा अनुगमनका क्रममा छोटो समयमा नै वृक्षरोपण कार्यले गति लिएको भन्दै यस्ता उदाहरणीय कार्यको स्थानीय तह र वडाहरुले पनि अनुशरण गर्नुपर्ने जिल्ला समन्वय समिति ओलढुंगाका प्रमुख डिल्लिराम खनालले बताए । उपभोक्ताहरुलाई प्रोत्साहन गर्दै जडिबुटी उत्पादन गरि औषधीजन्य पदार्थ निर्यात गर्न सके नागरिकको आर्थिक हैसियत बढ्ने सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेतले विश्वास व्यक्त गरे । जिल्लाका विभिन्न स्थानमा माटो सुहाउदोको वृक्षारोपन गर्नुपर्ने बस्नेतले सुझाए ।

No description available.

वृक्षारोपणले स्थानीयको आयआर्जन मात्र नभएर वन क्षेत्रमा रहेका वन्यजन्तुको पनि संरक्षण भएको सिद्धिचरण नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रत्न बहादुर गुरुङले बताए । वन्यजन्तु तथा पानिको मुहान संरक्षण गर्न पनि वनजंगललाई जोगाईराख्नु पर्ने सरोकारवालाहरुको भनाइ छ । परियोजना अन्तर्गत आँगने खोपमा तेजपात २ हजार ४ सय, अमला ३ सय, टिमुर २ सय र लप्सी, हर्रो, बर्रो १ सय ५० रोपिएको थियो ।

No description available.

त्यस्तै, महादेवस्थानमा तेजपात २ हजार ७ सय, अमला १ हजार ४ सय, थुम्कीदुम्कीमा वेल १ हजार ६ सय, अमला १ हजार, मोरिंगा १ सय बोट रोपिएको डिभिजन वन कार्यालयका राम हजुर थापाले जानकारी दिए । त्यस्तै, जोडिगैह्र कवुलियत वनमो नांगो पाखोमा मोरिंगा ४ सय ५०, अमला ४ सय र वेल ४ सय ६५ वटा रोपेका छन् भने पाडरीपाखामा वेल ४ सय ५०, अमला ४ सय र मोरींगा ४ सय ५० रोपिएको फरेस्टर किशोर घिमिरेले जानकारी दिए ।

No description available.

त्यस्तैगरी, देउराली कबुलियती वन क्षेत्रमा अमला ७ सय वटा रोपिएकोमा सुख्खा क्षेत्रमा पनि सन्तोषजनक रुपमा विरुवा हुर्किएको पाइएको समन्वय प्रमुख खनालले बताए । जिल्ला समन्वय समिति, सिद्धिचरण नगरपालिका, मानेभन्ज्यांग गाउँपालिका, डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पत्रकार महासंघ ओखलढुंगाको टोलिले परियोजना सञ्चालित क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।

Original post: https://radiookhaldhunga.com/?p=2938&fbclid=IwAR3YYQqQrCng_dcAoSOfqvjJ0kGmAhlMe3N8tZTjl35A9uoP1umQx970Nzg

Comments (0)

No comments found.

Leave a Reply

Your email address will not be published. All the fields are required!