पानीको संकटसंग जुध्दै स्थानीय समुदाय

0 Comments
पानीको चरम अभावले सुख्खा ग्रस्त खोटाङ जील्लाको एउटा गाउँ ।

जलवायु परिवर्तनका कारणले सिर्जित जलवायुजन्य प्रकोपहरुमध्ये खडेरी नेपालका मध्य पहाडि जील्लाहरुमा एक मुख्य चुनौतीको रुपमा देखा परेको छ । यसले विशेष गरि खेती प्रणाली र ग्रामीण जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको पाईन्छ । ओखलढुंगा र खोटाङका अधिकांश गाउँ वस्तीहरुमा पानीको चरम अभाव छ । बस्ती नजिकका पानी मुहानहरु सुक्दै गएका छन् ।  गाउँका पुराना आहालहरु, कुवाहरु मासीदै छन् । भिरालो भूभाग र पातलो माटोको तह भएको चट्टाने पहाड भएकोले आकाशे पानी छिट्टै बगेर खोलामा पुग्छ । जमीनमा पानी सोच्छ्न पाउदैन जसले गर्दा जमीनमा हुने पानीको पुर्नभरणमा कमी आउँछ । यसरी पर्याप्त पानी पुर्नभरण हुन नसक्दा माटोमा ओसीलोपनामा कमी आउनुका साथै उर्वरा शक्तीमा समेत ह्रास आउँदछ ।

“गाईवस्तु चराउन ल्याउदा पानी खुवाउने, आहाल बसाउने देखी लिएर चर्को घाममा गोठालाहरुले समेत पौडिने पोखरी यहि थियो, भोर्लेको पोखरी । गाईवस्तुहरु पोखरीको बिच भागमा जान सक्दैनथे । छेउछाउमा नै पानी खान्थे, आहाल वस्थे । ठाँउ हेरेर पाखरीमा ४ देखी १० मिटरको गहि¥याई सम्म पानी बस्थ्यो । ऐजेरु र सिमलका रुख थिए पोखरीमा, ती पनि मासिए । अहिले पोखरीमा कमिला हिड्छन् । आकाशे पानी आडिदैन । पोखरी सुख्खा छ । करिव १५० घरधुरीका गाईवस्तुको चरन क्षेत्रमा गाईवस्तुले पिउने पानी छैन ।” यस्तै अनुभवहरु सुनाउनुहुन्छ  माने भंज्याङ्ग, ५, ओखलढुंगा निवासी मान बहादुर खत्री (५६) । 

एक गाग्री पानी भरेर ल्याउनलाई ३० मिनेट देखी ४५ मिनेट सम्म लाग्छ । कतिपय घरमा त महिलाहरुको काम नै पानी बोक्ने हुन्छ । १५ वर्ष अगाडीसम्म प्राकृतिक पानीका स्रोतहरुले नै गाँउलेहरुलाई पुग्थ्यो । अहिले गाउमा खानेपानीको अभाव छ । सिंचाई गर्न, गाईवस्तुलाई पानी पुर्याउन मुश्किल छ । पानीको अभावले स्थानियले गाईवस्तु पाल्न छोड्दै गएका छन्” ।

– सोम बहादुर विश्वकर्मा

सिद्धिचरण नगरपालिका, ४, रुम्जाटार, ओखलढुंगा निवासी  सोम बहादुर विश्वकर्मा (६७) को भोगाई पनि उस्तै छ । उनि भन्छन् “पहिले पहिलेका पानीका मुहानहरु सुक्दै गए । कति मुहानहरु त सडक निर्माणका क्रममा पुरिए । स्थानियलाई खाने पानीको जोहो गर्न नै गाह्रो छ । एक गाग्री पानी भरेर ल्याउनलाई ३० मिनेट देखी ४५ मिनेट सम्म लाग्छ । कतिपय घरमा त महिलाहरुको काम नै पानी बोक्ने हुन्छ । १५ वर्ष अगाडीसम्म प्राकृतिक पानीका स्रोतहरुले नै गाँउलेहरुलाई पुग्थ्यो । अहिले गाउमा खानेपानीको अभाव छ । सिंचाई गर्न, गाईवस्तुलाई पानी पुर्याउन मुश्किल छ । पानीको अभावले स्थानियले गाईवस्तु पाल्न छोड्दै गएका छन्” ।

लालीमाया परियार पानी भर्न जादै

विश्वका करिब १.६ बिलीयन मानिसहरुले पानीको चरम अभाव भोगिरहेका छन् । पानीको अभाव आगामी दिनमा अझ बिकराल अवस्थामा पुग्ने र सन् २०५० सम्ममा विश्वको ५२ प्रतिशत जनसंख्याले पानीको समस्या भोग्ने प्रक्षेपण गरिएको छ ।

विश्वका करिब १.६ बिलीयन मानिसहरुले पानीको चरम अभाव भोगिरहेका छन् । पानीको अभाव आगामी दिनमा अझ बिकराल अवस्थामा पुग्ने र सन् २०५० सम्ममा विश्वको ५२ प्रतिशत जनसंख्याले पानीको समस्या भोग्ने प्रक्षेपण गरिएको छ । विकासोन्मुख देशहरुमा महिलाहरु आफ्नो परिवारको लागि आबास्यक पानीको ब्यबस्थापन गर्नु पर्ने हुन्छ । यसले गर्दा महिलाहरुको टाढाबाट पानि भर्नु पर्ने हुनाले  अधिकांस समय पानि जोहो गर्ने काममा नै व्यतित हुन्छ । टाढाको पानीको स्रोतबाट पानि ल्याउनु पर्ने भएकोले महिलाहरुको कार्य बोझ बढ्ने, स्वास्थ्यम प्रतिकुल असर पर्ने हुन्छ ।

सिद्धिचरण नगरपालिका, ४, रुम्जाटार, ओखलढुंगा निवासी लालीमाया परियारको दैनिकी बिहान झिसमिसे उज्यालोमा नै डोको भित्र रित्ता गाग्री अनि २ हातमा २ जर्किन (ग्यालीन) सँगै शुरु हुन्छ । उनको घरबाट करिब १५ मिनेटको बाटो हिडेपछी जंगलमा रहेको पानी मुहान भेटिन्छ, लोकील खोल्सी । लालीमाया भन्नुहुन्छ “ पिउने पानी, सरसफाई, गाईवस्तुलाई खानेपानी सवै गरेर दिनमा ७ पटक भन्दा वढी पानी भर्न ओहोर दोहोर गनुपर्छ । पानीको सास्तीले दिन पानी ओसार्नमै वित्छ, अन्य काम गर्नलाई फुर्सद नै हुदैन । म जस्तै अन्य ५० घरधुरीले यहि लोकील खोल्सीको पानीले गुजारा गर्दै आएका छन् ।”

“खेति गर्नको लागी जमिन छ तर सिंचाई छैन । सिंचाईको लागी पानीको स्रोत छैनन् । दुधकोशीको पानी बोकेर सिंचाई गर्न सकिदैन । यहाका पाखा बारीमा पनि सिंचाईको व्यवस्था भए हिउँदमा पनि पाखा बारीहरु हराभरा हुने थिए । म जस्तै अन्य महिला दिदिबहिनीहरुका साथै स्थानियले आयआर्जन गर्न सक्ने थिए ।”

सीता माझी

रावाबेशी गाउपालिका १, खोटाङ् निवासी सीता माझी (६०) तुरतुरे धाराको खेर गएको पानी एउटा सानो पोखरीका जम्मा गरेर आफ्नो करेसावारीमा सिंचाई गर्छिन । सीता भन्छिन् “खेति गर्नको लागी जमिन छ तर सिंचाई छैन । सिंचाईको लागी पानीको स्रोत छैनन् । दुधकोशीको पानी बोकेर सिंचाई गर्न सकिदैन । यहाका पाखा बारीमा पनि सिंचाईको व्यवस्था भए हिउँदमा पनि पाखा बारीहरु हराभरा हुने थिए । म जस्तै अन्य महिला दिदिबहिनीहरुका साथै स्थानियले आयआर्जन गर्न सक्ने थिए ।”

सिद्धिचरण नगरपालिका, ४, तिलिङ्गे निवासी तारादेवी रार्ई भन्छिन् “करिब ३५ घरधुरी वाटो छेउमै भएको पानीको मुलको पानीमा निर्भर छौ । बिहान ५ बजेदेखि पानी भर्नेहरुको भिड लाग्छ । पालो कुरेर २ गाग्री पानी भर्दा विहान बित्छ । तल खोला बगेको छ माथी गाउँ सुकेको छ । पानीको दुखले सिंगो गाँउलाई नै सकस छ ।” 

पानीको कुल उपलब्धतामा कमी तथा भएको पानीको समेत उचित व्यवस्थापन हुन नसकेको कारण स्थानियहरुले पानीको सास्ती व्यहोर्नु परेको छ । स्थानिय, प्रदेश, र सघींय सरकारहरुको सहयोगमा केहि विधुतिय पानी लिफ्टििङका आयोजनाहरु संचालनमा आएका भएता पनि स्थानिय पानीको माग संवोधन गर्नको निमित्त पर्याप्त छैनन् ।

खेर जाने फोहोर पानी संकलनका लागी साना साना प्लास्टिक पोखरी निर्माण र प्रयोग, थोपा सिंचाई प्रविधीको प्रयोग, वृक्षरोपण, वैकल्पिक खेती प्रणालीको खोजी जस्ता अनुकुलनका अभ्यासहरु स्थानिय समुदायहरुले गर्न थालेका छन् । 

समुदायहरुले खडेरी सिर्जित समस्याहरु संग जुध्नको लागी केहि अनुकुलनका प्रयासहरु गरेका छन् । खेर जाने फोहोर पानी संकलनका लागी साना साना प्लास्टिक पोखरी निर्माण र प्रयोग, थोपा सिंचाई प्रविधीको प्रयोग, वृक्षरोपण, वैकल्पिक खेती प्रणालीको खोजी जस्ता अनुकुलनका अभ्यासहरु स्थानिय समुदायहरुले गर्न थालेका छन् । 

रावावेशी गाउपालीका, खोटाङमा खेर गएको पानी संकलन र तरकारी वारीका सदुयोग ।

खडेरी सहन सक्ने बाली प्रजातीको प्रवर्धन, कृषि वनका अभ्यासहरु अवलम्वन, बाली पात्रोमा समयानुकुलन, पानी  संकलन तथ व्यवस्थापनका लागी स साना भौतिक पुर्वाधारहरुको निर्माण, आकाशे पानी संकलन, संरक्षण पोखरीको निर्माण, सिंचाई व्यवस्थापन, रैथाने परम्परागत ज्ञान तथा सीपको व्यवस्थापन जस्ता क्रियाकलापहरु प्रवर्धन गर्नाले स्थानिय समुदायको संकट्टासन्नतालाई घटाई अनुकुलन क्षमता अभिवृद्दी गर्न सकिन्छ । साथै समुच्च खाडल, पुर्नभरण खाडलको निर्माण, पानी मुहान संरक्षणका क्रियाकलापहरु, पुराना कुवा, आहाल संरक्षण, गैरकाष्ठ वन पैदावरको प्रवर्धन मार्फत आयआर्जन सुधारका क्रियाकलापहरु एकिकृत तवरमा गर्न सकेमा जलाधारको व्यवस्थापन गर्दै स्थानिय बासिन्दाको संकट्टासन्नता र जोखिमतालाई घटाउन मद्दत गर्न सकिन्छ ।

स्थानिय सरकारले एकिकृत जलवायुमैत्री जलाधार व्यवस्थापन, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन संबन्धी ढाँचा, निती, नियम, तथा निदेर्शिकाहरु तर्जुमा गर्न सकेमा खडेरी र यस्ता जलवायु जन्य विपद् संग जुध्न सघाउ पुग्दछ ।

नितीगत तहमा स्थानिय सरकारले एकिकृत जलवायुमैत्री जलाधार व्यवस्थापन, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन संबन्धी ढाँचा, निती, नियम, तथा निदेर्शिकाहरु तर्जुमा गर्न सकेमा खडेरी र यस्ता जलवायु जन्य विपद् संग जुध्न सघाउ पुग्दछ । साथै स्थानिय स्तरमा जलवायु परिवर्तन तथा जलावायुजन्य विपद् संवन्धि सचेतना अभियान संचालन गर्ने, विषयगत क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरहरुको आकलन तथा सो वमोजिमका योजनाहरुको निर्माण र कार्यान्वयन, जलवायु परिवर्तन र विपद् जोखिमलाई स्थानिय विकास योजनामा मुलप्रवाहिकरण गर्ने, विशेष ज्ञान, सीप र क्षमता भएका आदिवासी जनजाती लगायतका समुदायरु, महिला, दलित तथा अन्य सिमान्तकृत जातजाती तथा समुदायको अर्थपुर्ण सहभागीता, क्षमता अभिवृद्दि गर्दै लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सिद्धान्तलाई अनुशरण गर्न सकेमा जलवायु परिवर्तनको असरहरु संग अनुकुलन, अनुकुलन क्षमताको अभिवृद्धि र विपद् जोखिम न्युनिकरण गर्न सकिन्छ ।

Comments (0)

No comments found.

Leave a Reply

Your email address will not be published. All the fields are required!