आयोजना बारेमा

परियोजना परिचय

नेपालको मध्य पहाडी भागका जलाधार क्षेत्रहरु प्राकृतिकमानवीय तथा जलवायु परिवर्तनजन्य बाढी, पहिरो, खडेरी  जस्ता बहुप्रकोपहरुबाट प्रभावित रहेका छन् । जलवायु  परिवर्तनबाट अतिवृष्टि, अल्पवृष्टि साथै तापक्रम वृद्धिको  कारणले हिमाली क्षेत्रको हिउँ पग्लने दरलाई तीव्र बनाएको  छ । यसका साथै पानीका स्रोतहरु सुक्दै जाने र सुख्खा ग्रस्त  क्षेत्रहरु क्रमशः बढ्दै जाँदा जमिनको उर्वराशक्ति र कृषि  प्रणालीमा समेत प्रत्यक्ष रुपमा नकारात्मक असर परेको  पाइन्छ । विकासका पूर्वाधार, पारिस्थितिकीय तथा कृषि  प्रणाली लगाएतमा समग्र प्राकृतिक स्रोतहरुमा जलवायु  परिवर्तनको बहुआयमिक र बहुक्षेत्रगत असरहरु परेको छ ।  यस्ता असरबाट समुदायको जीवनस्तर र जीविकोपार्जनमा प्रत्यक्ष नकारात्मक असर परिरहँदा जोखिमयुक्त न्यून आय  भएका समुदायहरु अझ बढी प्रभावित भएका छन् ।  जलाधार क्षेत्रको कार्यगत प्रणाली (Functional Integrity) कायम राख्न एकीकृत जलाधार व्यवस्थापन, जलवायु  अनुकूलन, पानीका स्रोतको बहुआयामिक व्यवस्थापनभूस्खलन न्यूनीकरण साथै हरित आयआर्जन जस्ता  क्रियाकलापहरु सञ्चालन गर्दै जोखिमयुक्त समुदायहरुको  अपनत्व विकास, अनुकूलन क्षमता र उत्थानशील  जीविकोपार्जनमा सहयोग पु¥याउन आवश्यक देखिन्छ ।  देशको परिवर्तित संघीय शासकीय प्रणालीमा तीनवटै  तहका सरकारहरुका विचमा अन्र्तसम्बन्ध कायम  राख्दै एकीकृत जलाधार व्यवस्थापनको अवधारणालाई  कार्यान्वयन गर्न नमुनाको रुपमा तल्लो दूधकोशी जलाधार  क्षेत्रमा नेपाल सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र विश्व वातावरण कोषको संयुक्त सहकार्यमा “जलाधारमा  आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना”  सन् १ डिसेम्बर २०२० देखि ३१ मे २०२४ सम्म संञ्चालन  गरिएको छ ।

उद्देश्य

जलवायु परिवर्तनजन्य बहुप्रकोप (सुक्खा, बाढी, पहिरो)  बाट जोखिममा रहेका समुदायहरुको जीवन तथा भौतिक  र आर्थिक सम्पत्तिको सुरक्षा गर्नु र ती समुदायको  जीविकोपार्जनमा टेवा पु¥याउनु आयोजनाको प्रमुख उद्देश्य  रहेको छ ।

कार्य क्षेत्रहरू

नेपालको पूर्वी भू–भागको प्रदेश नं. १ का खोटाङ र ओखलढुङ्गा जिल्लाको सीमा क्षेत्रमा पर्ने तल्लो दूधकोशी जलाधार मुख्य कार्यक्षेत्र रहेको छ । यस आयोजना ८ वटा स्थानीय तहहरुका ५१ वटा वाडहरूलाई समेटेर करिब ८४४ वर्ग किलोमिटर क्षेत्रफलमा फौलिएको छ ।

ओखलढुंगा

  • सिद्धिचरण नगरपालिका
  • मानेभञ्ज्याङ गाउँपालिका
  • चिसंखुगढी गाउँपालिका

खोटाङ

  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
  • हलेसी तुवाचुङ नगरपालिका
  • ऐन्सेलुखर्क गाउँपालिका
  • केप्लासगढी गाउँपालिका
  • रवाबेशी गाउँपालिका