फेदीमा दुई लाख बोट चियाको विरुवा रोप्न सुरु

0 Comments

समायोजन खबर खोटाङ, चिया खेती कार्यक्रम अन्तर्गत खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा चियाको विरुवा रोप्न सुरु गरिएको छ। जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाले दुई लाख बोट चियाको विरुवा उपलब्ध गराएपछि सोमबारदेखी चियाको विरुवा रोप्न सुरु गरिएको हो।

फेदीको तालखर्क, डाँडाखर्क, बर्खे सुम्देमा प्राविधिकको सहयोगमा फेदी चिया कृषक समुह र छ्यामसुने चिया कृषक समूहले चियाको विरुवा रोपिरहेको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए।
सामुदायिक जंगल तथा व्यक्तिहरुको जमिनमा चियाको विरुवा रोपिएको हो। यहाँ गत साल गाउँपालिकाको सहयोगमा २८ हजार चियाको विरुवा रोपिएको थियो।

असार १० गते सम्पन्न १३ औं गाउँसभामार्फत आर्थिक वर्ष २०८०/२०८१ मा फेदीमा विगत वर्षदेखि सञ्चालन हुँदै आईरहेको चिया खेती कार्यक्रमलाई निरन्तरता दिदै आगामी वर्षदेखि सुङदेल लगायत अन्य वडाहरुमा संम्भाव्यता अध्ययन गरि थप विस्तार गरिदै लगिने गाउँपालिका अध्यक्ष समिर राईले बताए।

For more Information:

Comments (0)

No comments found.

Leave a Reply

Your email address will not be published. All the fields are required!