पत्रकारका लागि जलवायू परिवर्तन र जलाधार व्यवस्थापन तालिम

0 Comments

खोटाङ । ओखलढुंगा र खोटाङका क्रियाशिल पत्रकारका लागि जलबायू परिवर्तन र जलाधार व्यवस्थापन सम्वन्धि तालिम आयोजना भएको छ । जलाधारमा आधारित जलवायू उत्थानशिल जीविकोपार्जन आयोजनाले तालिम सञ्चालन गरेको हो । तालिममा खोटाङका १८ र ओखलढुंगाका १० जना क्रियाशिल पत्रकारहरु सहभागि छन् । हलेसीमा सञ्चालन भइरहेको तालिमको सहजिकरण पत्रकार शैलेस नेपाल, वातावरण विज्ञ मनिषा घिमिरे र आयोजनाका सञ्चार संयोजक सञ्जय परियारले गरिरहेका छन् । तालिममा विकास पत्रकारिता, फिचर लेखन, जलवायू परिवर्तन सम्वन्धमा सञ्चार, आयोजनाको विस्तृत विवरण र आयोजना बारे आम नागरिकलाई सुसुचित गराउने विषयमा केन्द्रीत रहेको परियोजनाका रिना चौधरीले जानकारी दिइन् । खोटाङ र ओखलढुंगामा पर्ने तल्लो दुधकोशी जलाधारमा काम गरिरहेको आयोजना अन्तर्गत खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी र हलेसी–तुवाचुङ नगरपालिका, ऐसेलुखर्क, केपीलासगढी र रावावेशी गाउँपालिकाको ३१ वटा वडामा काम गरिरहेको छन् । त्यस्तै, ओखलढुंगाको सिद्धिचरण नगरपालिकासहित मानेभन्ज्याङ र चिसंखुगढी गाउँपालिकाको २० वडा प्रभावित क्षेत्रमा काम गरिरहेको जनाइएको छ । जलवायू परिवर्तनजन्य बहुप्रकोपबाट जोखिममा रहेका समुदायहरुलको जीवन तथा भौतिक, आर्थिक सम्पतीको सुरक्षा गर्ने र ती समुदायको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले सञ्चालित आयोजनामा विश्व वातावरण कोष, संयूक्त राष्ट् संघीय विकास कार्यक्रम र नेपाल सरकारको संयूक्त लगानी रहेको छ । सन् २०२० को डिसेम्बरबाट शुरु भएको परियोजना सन् २०२४ को मे महिनामा सम्पन्न हुने जनाइएको छ । आयोजनाको ओखलढुंगा र काठमाडौंमा कार्यालय सञ्चालन गरेर काम गरिरहेका छन् । वन तथा वातावरण मन्त्रालयले परियोजनाको नेतृत्व लिइरहेको छ ।

Original Source: https://radiookhaldhunga.com/?p=2182

Comments (0)

No comments found.

Leave a Reply

Your email address will not be published. All the fields are required!