खोटाङमा जलाधारमा आधारीत जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डि.सी.आर.एल) को काम प्रभावकरी बन्दै :

0 Comments

भाद्र ७ हलेसी : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा जलाधारमा आधारीत जलवायु उत्थानशील जीविकोपार्जन आयोजना
(डि.सी.आर.एल) ले संचालन गरेको कामहरु प्रभावकारी बन्दै गएको छ । विहिबार हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. ५ दुर्छिम, वडा नं. ७ महादेवस्थान र वडा नं. ९ सल्लेमा अनुगमन गर्दा यस्तो पाइएको हो । 

भु–तथा जलाधार व्यवस्थापन कार्यालय ओखलढुङ्गा, कृषि ज्ञान केन्द्र खोटाङ, प्रधानमन्त्रि कृषि आधुनिकीकरन परीयोजना खोटाङ, पत्रकार तथा (डि.सी.आर.एल) को टोलीले सम्पादीत कामको अनुगमन गर्दा प्रभावकारी पाइएको हो । जलवायु परिवर्तनजन्य बहुप्रकोप (सुक्खा बाढी पहिरो) बाट जोखिममा रहेका समुदायहरुको जीवनलाई सहज बनाउने उदेश्यले काम गर्दै आएको (डि.सी.आर.एल) ले पानीको मुहान संरक्षण, समुच्च रेखा खाडल निर्माण, टनेल निर्माण र वृक्षारोपन गरेको पाइएको हो ।

सर्वसाधारणहरुको भौतिक र आर्थिक सम्पतिको सुरक्षा गर्दै जीविकोपार्जनमा टेवा पुर्याउने उदेश्यले संचालन गरीएको कार्यक्रममा गैर काष्ट पैदावार अन्तर्गत बिभिन्न जडिबुटी जन्य बोटबिरुवाहरु सामुदायीक वनक्षेत्रभित्र रोपीएको छ । पानीको मुहानहरु नष्ट हुँदै गएकोले मुहानहरुलाई तारबार सहित संरक्षण गरीएको छ । बर्षातको पानि  मार्फत सुक्खा जग्गाहरुलाई सिंचित गर्न पोखरी र समुच्च रेखा खाडल (कन्टुर टेन्च) निर्माण गरीएको छ । 

त्यस्तै गरी संरक्षण खेती अन्तर्गत तरकारी खेतीका लागि टनेल वितरण, विभिन्न प्रजातिका फलफुल तथा घासका विरुवाहरु रोपीएको छ । फलफुलका विरुवाहरुमा कागती र सुन्तला रोपिएको छ भने घासजन्य विरुवाहरुमा अम्रिसो, नेपीएर, ज्ञानी, भेटीभर, बास लगाएतका विरुवाहरु रोपीएको (डि.सी.आर.एल) का जे.सी. अफिसर रीना चौधरीले बताइन् । अफिसर चौधरीका अनुसार रोपीएका बिरुवाहरु सम्बन्धित कृषि समुह, सामुदायीक वन तथा उपभोक्ता समितिहरुले नै संरक्षण गर्नेेछ ।

बारीमै कुहीदै आएको टमाटर (डि.सी.आर.एल) ले टनेल दिएसँगै कुहीन छाडेको सल्लेका कृषक हिरा श्रेष्ठले बताइन् । बर्षा याममा टमाटर, खुर्सानी बारीमै कुहीने गरेको थियो तर आजकल टनेलमा खेतीगर्न थालेपछी कुहीन छाडेको उनको भनाई छ । जलाधारमा आधारीत जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको सहयोगमा खानेपानीको मुहान संरक्षण गर्न पाएकोमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले खुशी व्यक्त गरेका छन् । हलेसी बासीले मात्र नभएर हलेसी आइपुग्ने सम्पूर्ण तिर्थयात्रीहरुलाई पनि मुहान संरक्षण र सरसफाई भएसँगै सफा पानि खुवाउन सकिएकोमा उहाले खुशी व्यक्त गरेका हुन् ।

खोटाङ र ओखलढुङ्गा जिल्लाको सिमाक्षेत्रमा पर्ने तल्लो दुधकोशी जलाधारक्षेत्रको ८ वटा पालिकाका ५१ वटा वडामा (डि.सी.आर.एल) ले काम गरीरहेको छ ।

Source:

https://jayajumonline.com/2023/08/24/%e0%a4%96%e0%a5%8b%e0%a4%9f%e0%a4%be%e0%a4%99%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a4%b2%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%a4/?fbclid=IwAR0k0kVOnKc3xXhnGpeCTKSDaEq9VEXpq3E9I1GHSemzIy6svJTefWDfRnc

Comments (0)

No comments found.

Leave a Reply

Your email address will not be published. All the fields are required!