भदौरेमा कृषकलाई कागतीको विरुवा वितरण

0 Comments

चिसंखुगढी गाउँपालिका वडा नं ६ भदौरेले कृषकहरुलाई कागतीको विरुवा वितरण गरेको छ । मापदण्ड अनुसार खाल्डो खनिसकेका कृषकहरुलाई कागतिको विरुवा विरण गरिएको हो । चिसंखुगढी ६ भदौरेमा भएका कृषी संग जोडिएका कार्यक्रमहरु ,सरकारी गैरसरकारी संस्थाहरुको सहयोगमा डिसिआर एल परियोजनाको लगानी र भु तथा जलाधार व्यवस्थापन कार्यलयको सहजीकरणमा वडाले विरुवा वितरण गरिरहेको चिसंखुगढी गाउँपालिका ६ भदौरेका वडा अध्यक्ष बल राम कटावलले बताउनुभयो । व्यवासायिक तरिकाले कृषी व्यवसायमा लागी परेका कृषकहहरलाई, कागती खेतीका लागी मापदण्डअनुसार खाल्डो खनीसकेका कृषकहरुलाई वडाले कागतिको विरुवा विरण गरिरहेको वडा अध्यक्ष कटवालले जानकारी दिनुभयो ।

आगामी दिनमा उत्पादन भएका वस्तु बजारीकरण गरेर कृषकहरुको जिविकोपार्जनमा टेवा पुग्ने उदेश्ले व्यावासायिक कृषीमा अगाडी बढन कृषकहरुलाई प्रोत्साहनको लागि वडाले विरुवा वितरण गर्ने कार्य थालिएको वडा अध्यक्ष कटावलकोे भनाई छ । व्यवसायिक तरिकाले कृषी व्यवसायमा निरन्तरता दिन चाहने कृषक र मापदण्डअनुसार खाल्डो खनीसकेका कृषकहरुलाई वडा कार्यलयले ११ हजार थान कागतीका बिरुवा वितरण गरिरहेको वडा कार्यलयले जनाएको छ ।

Source:

रेडियो ओखलढुंगा (https://radiookhaldhunga.com/?p=6829&fbclid=IwAR0qhqXsVwYkuZ5mCQOR5OIfzDAf7BjWoTHIsgAGCRlng25xrmThXU1NZoU)

Comments (0)

No comments found.

Leave a Reply

Your email address will not be published. All the fields are required!