सुख्खा क्षेत्रका किसानले तरकारी खेतीबाट लिन थाले आम्दानी

0 Comments

 ओखलढुंगा । 

सुख्खा ग्रस्त क्षेत्रको रूपमा रहेको सिद्धिचरण नगरपालिका १ तलुवाका किसानहरूले तरकारी खेतीबाट आम्दानी लिन थालेका छन् । सुख्खा ग्रस्त क्षेत्रका कारण हरियो तरकारीबाट विमुख रहेका यस भेगका किसानहरूले आफूले उत्पादन गरेको तरकारी घरमा उपभोग गरेर रहेको तरकारी बजारमा लगेर बिक्री गरेर आम्दानी लिन थालेका हुन ।

सुख्खा क्षेत्र र सिँचाइको अभावका कारण निक्कै कम तरकारी उत्पादन हुने यस क्षेत्रमा नेपाल सरकार र संयुत राष्ट्र संघीय विकास कार्यक्रमको साझेदारीमा जलधरमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना कार्यक्रम लागु भए पश्चात् यस भेगका किसानहरूले तरकारी खेती बाट आम्दानी लिन थालेका हुन ।

सुख्खा जमिन र सिँचाइको अभावका कारण तरकारी खेती नगरेका यस भेगका किसानहरुलाई जलधरमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना कार्यक्रमले आकाशको पानी संकलन गरेर सिँचाइ गर्ने प्रविधि सिकाउनुका साथै तरकारी खेतीका लागी आवश्यक टनेलको सहयोग गरे पछि यस क्षेत्रका किसानहरूले तरकारी खेती गर्न सुरु गरेका हुन ।

वैदेशिक रोजगारीको सिलसिलामा ३ वर्ष कत्तारमा बसेर आएका सिद्धिचरण नगरपालिका १ तलुवाका नारायण बहादुर श्रेष्ठले ४ वटा टनेलमा टमाटर खेतिको सुरु गरेका छन् । यहि वैशाख बाट टमाटर खेती सुरु गरेका श्रेष्ठले टमाटर बेचेर लगभग ५० हजार आम्दानी गरेको बताएका छन् ।

वैशाख भन्द अघि सम्म सिँचाइका कारण कुनै तरकारी खेती नगरेको र भदौ असौज महिनामा उम्रेको सागलाई गुन्द्रुक बनाएर अरू महिनामा तरकारीको अभाव टार्ने गरेको तर अब भने बह्रै महिना हरियो तरकारी तरकारी लगाउने योजना रहेको मन कुमारी श्रेष्ठले बताएका छन् ।

असार र श्रावन महिनामा टमाटर अत्यधिक उत्पादन भएको र बजार अभावका कारण उत्पादन भएको टमाटर बिक्री नभएर खेर गएको दुखेसो कृषक एलिना श्रेष्ठले पोख्नु भएको छ ।  पहिला पहिला डाँडा पाखा उराठ लाग्दो थियो गाउँघरमा तरकारी पाइन्न थियो जलधरमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना लागु भए पश्चात् नयाँ तरिकाले सिँचाइ गर्ने तरिका सिकाए पछि सधैँ भरि हरियो तरकारी खान पाइएको कुरा हर्षित मुद्दामा ५६ वर्षीय वीर बहादुर श्रेष्ठले बताउनु भयो ।

तरकारी खेती गरेर बिक्री नगरे पनि बाह्रै महिना आफ्नै करेसा बारीमा फलेको  तरकारी उपभोग गर्न पाइएकोले तरकारी किन्न खर्च हुने पैसा बचत भएको सिद्धिचरण नगर पालिका १ तलुवा दमाई गाउँका कुमार दमाईले बताउनु भएको छ ।  बेसार खेतीका लागी धेरै पानी नचाहिने र आम्दानी पनि निक्कै राम्रो हुने भएकाले आगामी दिनमा बेसार खेती गर्ने सोच बनाएको समेत कृषक कुमार दमाईले बताएका छन् ।

बर्षायाममा खेर जाने आकाशको पानी संकलन गरेर हिउँदमा सिँचाइ गरिने यस प्रविधि बाट तलुवाका ३० घर धुरीका किसानहरूले करेसा बारीमा सिँचाइ गरेर तरकारी खेती गरी रहेका छन् । सिद्धिचरण नगर पालिकाका मेयर तेजेन्द्र खनालले व्यावसायिक किसानहरूको समस्यालाई मध्ये नजरमा राखेर कृषि एम्बुलेन्स खरिदका लागी बजेट विनियोजन गरिएको एम्बुलेन्स खरिदको प्रक्रियामा रहेको बताउनु भएको छ । यसै गरी आगामी आर्थिक वर्षमा तरकारी संकलन केन्द्रका लागी बजेट विनियोजन गर्ने समेत मेयर खनालले बताएका छन् ।

For more:

Comments (0)

No comments found.

Leave a Reply

Your email address will not be published. All the fields are required!